जनकपुर को परिचय

राष्ट्रिय विभूति विदेह शिरध्वज राजा जनक तथा जगत जननी सीताको पावन जन्मभूमि, ऐतिहासिक, धार्मिक, सा“स्कृतिक महत्वले भरिपर्ूण्ा भएको प्राचीन मिथिला राज्यको राजधानी नै जनकपुरधाम हो । यहा“ भगवान राम र देवी सीताको विवाह समपन्न भएको हुनाले सम्पर्ुण्ा हिन्दुहरुको लागि ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपर्ूण्ा रहेको छ । हाल धनुषा जिल्लाको सदरमुकाम रहेको यस जनकपुरधाममा प्राचीनकालमा अध्यात्मिक शिक्षा तथा दर्शनको धेरे विकास भएको पाइन्छ ।

जनकपुरधाम हिन्दुहरुको धमृग्रन्थ, विष्णुपुरान, रामायणको आधारमा पौराणिक मिथिलाको राजधानीले परिचित छ भने बौद्ध धर्मग्रन्थ र जैन धर्मग्रन्थ अनुसार पनि सोही कुरा उल्लेख भएको पाइन्छ । आज यस मिथिला क्षेत्रलाई जनकपुर वृहत्तर क्षेत्र पनि मानिन्छ । यस क्षेत्रको नजिकै विभिन्न ऋषिहरले आफ्नो वासस्थान बनाएको कुरा वणिर्त छ । जसको अवशेषहरु अहिलेपनि विद्यमान रहेको छ ।
मध्युगको अन्त्यतिर भगवान विष्णुका अनुयायीहरुको प्रयासबाट लोप हुन लागेको मिथिलाको पर्ुनजागरण गरी जनकपुरको प्रतिस्थापित भएको पाइन्छ । भारत वर्षा एक सन्त सुरकिशोर दास प्राचीन मिथिलाको राजधानी जनकपुरको खोजीका क्रममा यहा“ आई पुगेका थिए । उनै सन्तद्वारा हाल जानकी मन्दिर रहेको ठाउ“मा देवी सीताको मर्ूर्ति प्रतिष्ठापित गरिएको थियो । पछि टिकमगढकी महारानीद्वारा

अहिलेको जानकी मन्दिर निर्माण गरिएको हो । यही जानकी मन्दिरद्वारा जानकपुर प्रख्यात रहेको छ ।

जानकी मन्दिर

नौलखा मन्दिरको नामले प्रचलित जानकी मन्दिरको वर्तमान भव्य स्वरुप टिकमगढ -भारत) का राजा प्रतापसिंह र रानी वृषभानु कु“वरले भक्तिभावको अनुपम प्रतिकको रुपमा रहेको छ । यो मन्दिर नेपालको र्सवाधिक र भव्य विशाल मन्दिरको रुपमा प्रतिष्ठित रहेको छ । यसको निर्माण कार्य सन १९११ मा सम्पन्न भएको थियो । यस मन्दिरमा राम जानकीको षष्टधातुको प्रतिमा रामजानकी कै अन्तय प्रतिमाहरुस“गै विशाल एवं आकर्ष सिंहासनमा विराजमान छन् ।  यसै मन्दिरको प्राङ्गणमा पचिमपट्टी एउटा ठूलो विवाह मण्डपको निर्माण चौगोडा शैलीमा भएको छ जुन अत्यन्त आकर्ष र दर्शनीय छ । रहेका छन् । चारैतिरबाट सडकले घेरिएको यो मन्दिर परिसर आगन्तुकहरुको थकाई मेट्ने उत्तम स्थलको रुपमा रहेको छ

राममन्दिर

जनकपुरको सबैभन्दा पुरानो मन्दिर हो । यसको निर्माण चौगोडा शैलीमा भएको छ । यस मन्दिरको निर्माण वि.स. १८३९ मा जनरल अमरसिंह थापाद्वारा भएको एवं वि.सं. १९८४ मा चन्द्रशम्शेरद्वारा यसको छानालाई स्वर्ण्र्ाान्दिर गरिएको इतिहास छ । यस मन्दिरभित्र राम पचायतन मर्ूर्ति, लक्ष्मीनारायण एवं दशावतारका मर्ूर्तिहर दर्शनीय छन् ।
यस मन्दिरको महन्त र पुजारी सन्यासी हुने विशिष्ट परम्परा रहेको छ  । यस मन्दिरको उत्तरपट्टी राजा जनकको कुलदेवी राजदेवीको मन्दिर अवस्थित छ । महाष्टमीको राति यहा“ बली प्रदानको प्रथा धेरै अगाडीदेखि नै रहेको छ । राम मन्दिरको प्राङ्गणमा नवग्रह एवं शिवलिङ्गको साथै अन्य देवताहरुको मर्ूर्ति स्थापित छ ।

जनकपुर को फोटो

हाम्रो संपर्क ठेगाना

विदेह मिथिला पर्यटन प्रवद्धन विकास समिती
जनकपुर धाम, धनुषा (नेपाल)

फोन नम्बर : ०४१-५२०६५५

ईमेल : info@mithilajanakpur.gov.np